२९ असार २०८१, शुक्रबार | Sat Jul 13 2024

मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर १० जना घाइते



मकवानपुर ।
मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर १० जना घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका(९, भदौरेमा शनिबार बिहान चट्याङ लागेर ५ जना घाइते भएका छन् । चट्याङ लागेर एक बालकसहित ५ जना घाइते भएका हुन् । घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा रहेका छन् ।
घाइतेमध्ये कृष्णबहादुर प्रजाको हेटौँडा अस्पतालमा र अरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।यसैगरी पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ ५ जना घाइते भएका छन् । शुक्रबार साँझ परेको चट्याङका कारण राक्सिराङ गाउँपालिका(१, भूमिथुमका ५ जना घाइते भएका हुन् ।घाइते हुनेमा स्थानीय सन्तली थिङ, बीरबहादुर बल, बसन्त बल, ठूलीमाया र १ बर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।
१५ जनालाई चट्याङ लागेपनि अरुको अवस्था सामान्य रहेको छ । त्यसैगरी चट्याङबाट ३ घरमा क्षति पुगेको छ भने ५ पशुचौपाया मरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ९ : ४८ बजे