५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाक्लो कुहिरोका कारण उडान र अवतरण प्रभावित



काठमाडौं ।
बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि अवतरण भने हुन सकेको छैन । आन्तरिक उडान र अवतरण अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आन्तरिक उडान तथा अवतरणको लागि कम्तीमा १६ सय मिटरसम्म देखिनुपर्छ भने बाह्यको लागि ८ सय मिटरसम्मको दूरी देखिनुपर्छ । अहिले विमानस्थलको भिजिविलिटी घटबढ भैरहेको छ ।
भिजिविलिटि बढेपछिमात्र नियमित उडान र अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ३ : ३१ बजे