२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बाँध भत्किँदा ब्राजिलमा ३४ जनाको मृत्यु, तीन सयभन्दा धेरै बेपत्ता



एजेन्सी ।
ब्राजिलको एउटा कच्चा फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । ३ सय भन्दा धेरै हराइरहेका छन् ।
५० जनाको जीवितै उद्दार गरिएको बीबीसीले जनाएको छ । उद्दार गरिएकामध्ये २३ जनाको उपचार भइरहेको छ । ब्राजिलको दक्षिण पूर्व्स्थित मेनस जेराइस राज्यको ब्रोम्हेडिन्हो शहर नजिकै रहेको खानीमा कामदारले खाना खाइरहेका बेला शनिबार बाँध भत्किएको हो ।
बाँध भत्किँदा हराइरहेकाको खोजी भइरहेपनि उनीहरुलाई जिवितै भेट्ने सम्भावना कम मात्र रहेको सरकारी अधिकारीले बताएका छन् । ब्राजिलकै ठूलो मध्येको एक प्राकृतिक विपत्ति मानिएको मेरियाना बाँध भत्किएको ३ वर्षपछि यो घटना भएको हो ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ३ : ४४ बजे