२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, बुवाआमासहित पाँचजनाको मृत्यु



एजेन्सी ।
अमेरिकाको लुजियानामा एक बन्दुकधारीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ । लुजियानाका दुई स्थानमा भएको गोलीकाण्डमा आक्रमणकारीका अभिभावकसहित पाँचजनाको ज्यान गएको हो ।
लुजियानाको राजधानी बोटन रुजको दक्षिणी क्षेत्रमा घटना भएको हो । २१ वर्षका डकोटा थेरिओटले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाएपछि भागेका थेरिओटको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
स्थानीय समय अनुसार शनिबार बिहान घटना भएको हो । थेरिओटले आफ्ना आमाबुवा एलिजाबेथ र किथ थेरिओटमाथि गोली प्रहार गरेका हुन् । ५१ वर्षका दुवै प्रहरी पुग्दा जीवितै थिए तर उनीहरुको उपचारको क्रममा निधन भयो । त्यसअघि २१ वर्षका थेरिओटले छिमेकका तीनजनाको गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ३ : ५४ बजे