२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो



काठमाण्डौ ।
घाम लागेर कुहिरो कम भएपछि अहिले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण सामान्य रुपमा हुन थालेको छ ।

बिहान उडान प्रभावित भएकाले अहिले केही विमान आकाशमै होल्ड भएका छन् । अहिले विमानस्थलको भिजिविलिटी बढेर २ हजार मिटर पुगेको मौसमविद्ले बताएका छन् ।

भिजिविलिटि बढेसँगै उडान र अवतरण सामान्य रुपमा हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले होल्ड भएका विमान विस्तारै अवतरण हुने कार्यालयका प्रवक्ता प्रताप तिवारीले जानकारी दिनुभयो ।

यसअघि बिहान भिजिविलिटी कम हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान तथा अवतरण प्रभावित भएको थियो ।
कार्यालयका अनुसार आन्तरिक उडान तथा अवतरणको लागि कम्तीमा १६ सय मिटरसम्म देखिनुपर्छ भने बाह्यको लागि ८ सय मिटरसम्मको दूरी देखिनुपर्छ ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ५ : ५२ बजे