४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

प्रधानमन्त्रीले दिए रोहित पौडेललाई धन्यवाद



काठमाडौं ।
अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा कम उमेरमा अर्धशतक प्रहार गरेर रेकर्ड कायम गरेका नेपाली क्रिकेटर रोहितकुमार पौडेललाई प्रधानमन्त्री केपी शर्मा आलीले धन्यवादसहित बधाई ज्ञापन गरेका छन्। ओलीले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै यस सफलताले राष्ट्रलाई अत्यन्तै हर्षित बनाएकोसमेत बताएका छन्। पौडेलले शनिबार युएईमा भएको एक दिवसीय खेलमा ५५ रन हानेर सचिन तेन्दुलकर र साहित आफ्रीदीले कायम गरेको रेकर्ड तोडेका थिए। उनले १६ वर्षकै उमेरमा एक दिवसीय खेलमा उक्त रन हानेर रेकर्ड बनाएका थिए।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ५ : ५४ बजे