११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

सवारी दुर्घटनामा परी मलेसियामा एक नेपालीको मृत्यु



सोलुखुम्बु ।
वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेसियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ।
माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो। बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाइ दानकुबिर राईले जानकारी दिए।

मृतक राई मलेसियाको ुमलकाको सुङ्गाई कोलाबारु मजिस्थाु नाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए।
मृतक राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ। जुंगल इन्टनेसनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ। रासस

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ५ : ५९ बजे