६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

पाँचथरमा ६ वर्षीया बालिका बलात्कृत



पाँचथर ।

कुम्मायक गाउँपालिका–२ मा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।शुक्रबार राति घरका सदस्य आफन्तको विवाहमा गएको मौकामा कुम्मायक गाउँपालिका वडा–१ घर भई माङजाबुङमा बस्दै आएका २१ वर्षीय अन्तरे नामले चिनिने एकल लावतीले बालिकालाई बलात्कार गरेको पाँचथर प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरीका आधारमा लावतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७५ आइतबार ००:००  ८ : १३ बजे