२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

आगलागीमा एक करोड क्षति



इनरुवा ।
सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा रु एक करोडभन्दा बढीको सामान क्षति भएको छ ।
स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको ४५० क्विन्टल धान, रु पाँच हजार मन जुट (सनपाट पटुवा)मा जल्नाका साथै गोदाममा क्षति पुगेकाले रु एक करोड ३८ लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
दुहबी, इनरुवा नगरपालिका र ईटहरी उपमहानगरपालिकाबाट गएको बारुणयन्त्रण, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ४ : ०५ बजे