८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

यस्ती आमा जस्ले प्रेमी संग मिलेर छोराको हत्या गरिन्



एजेन्सी ।
भारतको पूर्वी दिल्लीको न्यू अशोक नगरमा एक आमाले आफ्ना प्रेमीसँग मिलेर छोराको हत्या गरेकी छन् । उनका छोराले आमाको प्रेम सम्बन्धको विरोध जनाएका थिए । यही कारण आमाले छोराको हत्या भएको प्रहरीले जनाएको छ । घटनाका दुवै आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
यो घटना न्यू अशोक नगर इलाकामा भएको हो । जहाँ आमाले छोरा रवीन्द्रको हत्या गरेकी हुन् । यो हत्याकाण्ड उनले आफ्ना प्रेमीसँग मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रवीन्द्रको टाउकोमा ढुंगाले थिचेर हत्या भएको प्रहरीले जनाएको छ ।
रवीन्द्रलाई आमाले पर पुरुषसँग सम्बन्ध राखेको मन परेको थिएन । उनले पटक पटक आमालाई सम्झाउँने प्रयास गरेका थिए । तर आमाले प्रेमीलाई छोड्नुभन्दा पनि उनीसँग मिलेर छोराको हत्या गरेको खुलेको हो ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ५ : २४ बजे