९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

कांग्रेसको विरोधकाबीच राष्ट्रियसभाबाट पनि ‘चिकित्सा शिक्षा विधेयक’ पारित



काठमाण्डौ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच राष्ट्रियसभाबाट पनि ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा कांग्रेसले विरोध गरे पनि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विधेयकमाथिको कारवाही अघि बढाउनुभएको थियो ।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेकै बेला अध्यक्ष तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिनुभएको थियो ।

अध्यक्षले शिक्षामन्त्री पोखरेलले सदनमा प्रस्तुत गर्नुभएको विधेयकमा छलफलमा भाग लिन आग्रह गरे पनि बिपक्षी कांग्रेस नाराबाजीमै रहेकाले त्यसमा कसैले पनि भाग लिएनन् ।
छलफलमा भाग नलिएपछि अध्यक्षले विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

उहाँले विधेयक संशोधन प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ को विधेयक शाखा सिंहदरबारमा संशोधन प्रस्ताव दर्ता गर्न सकिने जानकारी पनि दिनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक आगामी बिहीबार १७ गते २ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  ७ : ४६ बजे