१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्घाखाँचीको पटौटीमा जिप दुर्घटना ५ जना घाईते



अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका पटौटीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् ।
पाणिनी गााउँपालिकाका कर्मचारीको टोली विकास निर्माणका कामको अनुगमन गर्न जाने क्रममा पाणिनि ४ पटौटीको सुवर्णखाल चिंदेरी भन्ने स्थानमा लु १ च ९०४६ नम्बरको जिप दुर्घटना भएको हो ।
अनुगमन गर्न जाँदै गर्दा भएको दुर्घटनामा पाणिनि गााउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा राम कुमार भट्टराई, योजना शाखाका सुब्बा पशुपति खनाल, कम्युटर अपरेटर रविन्द्र न्यौपाने र गाडी चालक सागर घिमिरे घाइते हुनुभएको गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।
घाइतेहरुको अवस्था खतरामुक्त रहेको र सबैलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  १० : ११ बजे