२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पूर्व युवराज पारस शाहलाई हृदयाघात, नर्भिक अस्पतलामा भर्ना



काठमाडौं ।
पूर्व युवराज पारस शाहलाई हृदयाघात भएको छ । हृदयघात भएपछि उहाँलाई अघि बेलुकी सवा ४ बजे काठमाण्डौको नर्भिक अस्पतलामा भर्ना गरिएको छ । उहाँको स्वास्थ्य अवस्था जटिल रहेको डाक्टरले बताएका छन् ।
‘उहाँको स्वास्थ्य अवस्था जटिल छ, हामी उपचार गरिरहेका छौँ, स्रोतले भन्यो । छाती धेरै दुखे पछि पूजा पाठका लागि भन्दै बिहान मन्दिर गएका शाह घर फर्किएका पारिवारिक स्रोतले बतायो । उहाँको उपचार डाक्टर यादबकुमार देव भट्टको नेतृत्वको टोलीले गरिरहेको छ ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  १ : ४३ बजे