४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पूर्व युवराजलाई खतरा कायमै, स्वास्थ्य भने केही स्थिर



काठमाडौँ ।
तेस्रो पटक हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था स्थिर रहेको तर खतरामुक्त भने भइनसकेको अस्पताल श्रोतले जनाएको छ । सोमबार नर्भिक अस्पताल भर्ना भएका शाहको उपचार भइरहेको छ।
उनको उपचारमा संलग्न एक चिकित्सकका अनुसार अवस्था खतरामुक्त हुन सकेको छैन। शाहको स्वास्थ्य र उपचारबारे अस्पतालका चिकित्सकहरुले केहीबेरपछि ‘ब्रिफिङ’ गर्ने तयारी छ ।
छोरा अस्पताल भर्ना भएपछि पूर्व रानी कोमल शाह सोमबार राति नै सडकमार्ग भएर अस्पताल पुगेकी थिइन् । उनी हेटौडाबाट सडकमार्ग भएर काठमाडौँ आएकी हुन् । अस्पतालमा उनले छोरा पारसको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ४ : ०१ बजे