५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दक्षिण एसियामा नेपाल धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा



काठमाण्डौ ।
नेपाल, दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा परेको छ । ट्रान्परेन्सी इण्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो । सीपीआई प्रतिवेदनमा नेपाल पोहोर १ सय २२ औं स्थानमा थियो । नेपाल दक्षिण एसियामा भने बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको ट्रान्सपरेन्सी इण्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिनुभयो ।
दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इण्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
अध्यक्ष रेग्मीका अनुसार राजनीतिक कारणले भ्रष्टाचार घट्न नसकेको पाइएको हो । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ । ट्रान्सपरेन्सीले १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ८ : १० बजे