१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

एचआइभी संक्रमित छिमेकीद्वारा ९ वर्षकी बालिका बलात्कृत



एजेन्सी ।

भारतको गुजरात स्थित सूरतमा एक ३५ वर्षका एचआइभी संक्रमित व्यक्तिले ९ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । उनी पेशाले सिलाइ व्यवसायी हुन् । उनले बालिकालाई ड्रेसको नाप लिने बहानामा बोलाएर बलात्कार गरेका हुन् ।आरोपी विवाहित हुन् । उनले आफ्नै छोरीकी साथीलाई बलात्कार गरेका हुन् । घटना लगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाएको छ ।अनुसन्धानका क्रममा आरोपी एचआइभी संक्रमित रहेको खुलेको हो । उनका दुई बच्चा पनि छन् ।छोरी बलात्कार भएको पीडामा रहेका बुवाआमा बलात्कार गर्ने व्यक्ति एचआइभी संक्रमित भएको खुलेपछि थप चिन्तामा छन् । बलात्कार बालिकामा एचआइभी सर्ने सम्भावनाबारे डाक्टरहरुले केही अहिलेसम्म केही बताएका छैनन ।आरोपीले बालिकालाई अश्लिल भिडियो देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारको उजुरीपछि पक्राउ गर्न आएको प्रहरी देख्ने बित्तिकै आरोपी भाग्न खोजेका थिए । तर प्रहरीले पक्राउ गरेलगत्तै उनले आफू एचआइभी संक्रमित रहेको बयान दिएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ८ : १२ बजे