५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कञ्चनपुरमा अनिश्चितकालीन बन्द, यात्रु अलपत्र



कञ्चनपुर ।

सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका संरचना भत्काउनु पर्ने माग गर्दै कञ्चरपुरका युवा नेताहरुले अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।

महेन्द्रनगर नगर विकास समितिको जग्गाको अतिक्रमण हटाउन माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरुले मंगलबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका हुन् ।

‘लिज’का नाममा सरकारी जमिनमाथि भएको दोहन हटाउन सरकारले कुनै पहल नगरेपछि आफूहरु आन्दोलनमा उत्रिएको विद्यार्थी नेता कमल रोकायाले बताउनुभयो । उहाँले अवैधानिक रुपमा निर्माण भएका संरचनालाई तत्काल भत्काइनु पर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

यस्तै, लिज माफियालाई कारबाही गर्नुको साटो सरकारले खुट्टा कमाएको अर्का विद्यार्थी नेता ओम बस्नेतको आरोप छ । उहाँले सरकारले अतिक्रमण हटाउन पहल नगरे आफूहरुले नै संरचना भत्काउनेसमेत चेतावनी दिनुभयो ।

बन्दका कारण व्यपार व्यवसाय, शैक्षिक संस्था, यातायात ठप्प हुनुका साथै भारतबाट आएका यात्रु बसपार्कमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ८ : ४० बजे