१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार , भोलि डिस्चार्ज हुने



काठमाडौं ।
पूर्वयुवराज पारस शाहको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ। शाह छाती दुखेपछि सोमबार उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए। अस्पतालमा उनलाई हृदयघात भएको पत्ता लागेपछि उपचार भइरहेको छ। शाहको अवस्था सुधार हुँदै गएको र भोलिसम्म डिस्चार्ज हुन सक्ने चिकित्सकहरूलाई उदृत गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले बताए। उनले भने ुयुवराज सरकारको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरूले बताउनु भएको छ, सम्भवत भोलि युवराज सरकारको डिस्चार्ज हुन्छ होला।ु हाल उनको उपचारमा प्रा।डा। यादवदेव भट्ट, डा। जेपी जैसवाल, डा। नग्मा श्रेष्ठ, डा। सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा। प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जनाएको छ। पूर्वराजपरिवारका सदस्यहरू भने हाल काठमाडौंमा छैनन्। पूर्वराजा शाह सिमरामा छन्। मंगलबार मात्रै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको पाठकले थाहाखबरलाई जानकारी दिए। छोरा अस्पताल भर्ना भएको थाहा पाउने बित्तिकै पूर्वरानी कोमल शाह भने सिमराबाट सडकमार्ग हुँदै काठमाडौं आएर छोरालाई भेटेकी छिन्। त्यसैगरी, पूर्व युवराज्ञी हिमानी शाह र छोराछोरी हाल थाइल्यान्ड भ्रमणमा गएका छन्। उनीहरू कहिले आउने भन्ने जानकारी नभएको पाठकले बताए।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  ९ : ०८ बजे