१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा रहने



काठमाडौं ।
सरकारले कांग्रेसका दिवंगत दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकारकै मातहतमा राख्ने निर्णय गरेको हो। यसअघि सरकारले नै यी दुवै अस्पताल प्रदेश सरकारको मातहतमा राख्ने निर्णय गरेको थियो। कांग्रेसले सरकारको उक्त निर्णयको विरुद्धमा संसद अवरोधका साथै सडक आन्दोलन घोषणा गरेको थियो। यसै विषयलाई लिएर कांग्रेसले माघ २१ गते देशभर प्रदर्शन गर्ने निर्णयसमेत गरेको थियो।

प्रकाशित मिति : १५ माघ २०७५ मंगलबार ००:००  १० : १५ बजे