११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

फरार प्रतिवादी पक्राउ



लहान ।
वन पैदावर हानी नोक्सानी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ। प्रहरीले फरार प्रतिवादी सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय बुधाई सरदारलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला अदालतले नौ महिना कैद फैसला गरेको थियो। तर, उनी फरार थिए। फरार सरदारलाई मंगलबार पक्राउ गरी जिल्ला अदालत बुझाएपछि राजविराजस्थित कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ८ : ०३ बजे