७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

डा. केसीको अनशनमा पूर्वप्रधानन्यायाधीश कार्कीको ऐक्यवद्धता



काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा। गोविन्द केसीका माग पूरा गर्नु पर्ने बताएकी छिन्। डा। केसी अनशन बसेको स्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डा। केसीसँग एकपटक सम्झौता गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताइन्। डा। केसीको अनशनमा ऐक्यबद्धता जनाउन पुगेकी कार्कीले केसीलाई भेटेकी थिइन्। पूर्वन्यायाधीश कार्कीले डा। केसीले कुनै राजनीतिक दलको पक्षपोषण भन्दा पनि जनताका जायज माग उठान गरेको उनले बताइन्। माथेमा आयोगले तयार पारेको प्रतिवेदन अनुसार डा केसीका माग सम्बोधन हुनु पर्ने उनले बताइन्। डा केसीका माग पूरा भए जनता मात्रै होइन स्वम् प्रधानमन्त्री र सरकारलाई पनि राम्रो हुने बताइन्। कार्कीले डा केसीका माग पूरा गरेर उहाँको जीवन रक्षा गरिदिन पनि सरकारसँग आग्रह गरिन्।

प्रकाशित मिति : १६ माघ २०७५ बुधबार ००:००  ८ : ४० बजे