२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

हिलवर्टमा १० औं बार्षिकोत्सवको रौनक, नगद ५ हजार र गोल्ड मेडलले विद्यार्थी सम्मानित हुँदै



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा २ पिपरामा अवस्थित हिलवर्ट इंग्लिस बोर्डिङ स्कूल १० औं बार्षिक समारोहमा जुटेको छ । जिल्लाको वाणगंगा क्षेत्रबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिलवर्ट आफ्नो १० औं बार्षिक समारोहमा जुटेको हो ।
स्कूल प्राङ्गणमा विहिबार पत्रकार सम्मेलन आयोजना गरी स्कूलले बार्षिक उत्सवभर विभिन्न कार्यक्रम गर्ने विद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा स्कूलका अध्यक्ष दिपक खनालले ६ दिनसम्म सञ्चालन हुने बार्षिक उत्सव समारोहलाई बिभिन्न रचनात्मक क्रियाकलापमार्फत भव्य बनाउने तयारी भैरहेका बताउनुभयो ।
पहिलो दिन विहिबार पत्रकार सम्मेलनमार्फत बार्षिक उत्सवको बारेमा जानकारी दिएको विद्यालयले माघ १८ गते विद्यालय बाहिर सरसफाई कार्यक्रम गर्ने छ भने माघ १९ गते प्रभात फेरी, माघ २० गते जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ २१ गते भूपु विद्यार्थी पुर्नर्मिलन कार्यक्रम र माघ २२ गते बार्षिक उत्सव मूल समारोह गर्ने जनाएको छ । सोही दिन विद्यार्थीले विशेष शैक्षिक प्रदर्शनी गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले मूल समारोहका दिन विद्यार्थीहरुले आफ्नो प्रतिभा उजागर गर्ने खालका बिभिन्न रचनात्मक प्रस्तुतिहरु देखाउने बताउनु भयो । प्रिन्सिपल पाण्डेले गत बर्ष एसईई परिक्षामा सहभागी ३७ विद्यार्थीमध्ये विशिष्ट श्रेणी ल्याउने १७ जना विद्यार्थीलाई नगद ५/५ हजार र गोल्ड मेडलले सम्मान गर्ने बताउनुभयो ।
विद्यालय १० बर्ष प्रवेश गर्दै गर्दा अहिलेसम्म राष्ट्रिय तथा अन्र्तरा पुरस्कारद्धारा विभूषित भैसकेको छ । गुणस्तरीय शिक्षा प्रदानलाई मूल मन्त्र बनाएको विद्यालयमा मन्टेश्वरीदेखि कक्षा १० सम्म एघार सय विद्यार्थीले अध्ययन गर्दछन् । यस्तै पत्रकार सम्मेलनमा अब विद्यालयले छिटै कक्षा ११ र १२ को पनि पठनपाठन सुरु गर्ने जनाएको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्कूलका निर्देशक बुद्धि पौडेल, शिक्षकशिक्षिका लगायतको उपस्थिती रहेको थियो । मूल समारोहको दिन विद्यालयसंग संवद्ध सबैलाई अनिवार्य उपस्थितिको लागि विद्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  १२ : ५९ बजे