८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

प्रेमीसँग आपत्तिजनक अवस्थामा थिइन् आमा, छोरीले देखेपछि हत्या



एजेन्सी ।
प्रहरीले छोरीको हत्या आरोपी आमा र उनका प्रेमीलाई गिरफ्तार गरेको छ।
भारतको हरियाणा स्थित करनाल शहरमा एक बालिकालाई उनकी आमाले प्रेमीसँग मिलेर हत्या गरेकी छन् । बालिकाको हत्या हुनुको कारण यो मात्र थियो कि उनले आमालाई उनका प्रेमीसँग आपत्तिजनक अवस्थामा फेला पारेकी थिइन् र यो कुरा बुवालाई भनिदिने चेतावनी दिएकी थिइन् ।

यही कारण महिलाले आफ्ना प्रेमीसँग मिलेर छोरीको हत्या गरिन् । मृतक ८ वर्षीया सोनम हुन् । सोनम घरबाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमा लक्ष्मीलाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् ।

दुवैजना सोनमलाई देखेर अताल्लीए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवैजनाले मिलेर सोनमको घाँटी थिचेर हत्या गरे र उनको शवलाई कट्टामा राखेर नरहमा फाले । लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् ।

लक्ष्मी आफ्नो घर आइन् र उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउनेछ । तर शव कट्टामा रहेका कारण बगेर जान सकेन । कसैले शव भेटिएको जानकारी प्रहरीलाई दिए । प्रहरीले घटनाको छानबिन सुरु गर्यो । पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो ।
प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो ।
दुवैजनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवैजनालाई हत्या मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ७ : ४२ बजे