२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपाली क्रिकेट टोलीलाई रातो कार्पेट बिछ्याएर विमानस्थलमा स्वागत



काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली केही बेरअघि त्रिभुवन विमानस्थलमा आइपुगेको छ । यूएईविरुद्धको एक दिवसीय र टी–२० शृङ्खला जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टिमको स्वागतमा विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो ।नेपाली खेलाडीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायत विमानस्थल पुगेका छन् । यसैगरी राखेपका उपाध्यक्ष र सदस्य सचिव पनि विमानस्थल पुगेका छन् । साथै ठूलो संख्यामा प्रशंसकको उपस्थिति विमानस्थलमा रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषरमा लगेर सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  ११ : १३ बजे