२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण दुबईमा पक्राउ



काठमाडौं ।
३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको छ। इन्टरपोलको सहयोगमा उनलाई दुबई प्रहरी पक्राउ गरेको हो। उनलाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दियो।
उनका विरुद्धमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। उनीसहित थप केहीलाई पनि नेपाल प्रहरीले रेड कर्नर नोटिसमा राखेको छ। उनलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  १० : ०५ बजे