८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

देवदह प्रदेश ५ को पहिलो स्मार्ट कृषि गाउँ



बुटवल ।

प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने  स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ ।  मंगलबार प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले विरुवा रोपेर स्मार्ट कृषि गाउँको सुभारम्भ गर्नुभयो ।

स्मार्ट कृषि  गाउँको शुभारम्भ गर्दै प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेललेले माटोले के उत्पादन दिन्छ र बजारले के लिन्छ ? भन्ने मुख्य कुरालाई ध्यानमा राखेर उत्पादन  गरेमा  कुनै पनि किसान निरासा हुनु नपर्ने बताउनुभयो । उहाँले  परम्परागत ढाँचबाट माथि उठेर आधुनिक कृषि खेती तर्फ लाग्नको लागि समेत सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ की मन्त्री आरती पौडेलले एकिकृत रुपमा कृषिको विकासको लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश  सभा सदस्य डा. कृष्ण न्यौपानले बुद्धको मावलीको रुपमा रहेको देवदहबाट सुरुवात भएको प्रदेश नम्बर ५ को स्मार्ट कृषि गाउँले सकारत्मक सन्देश पैदा गरेको बताउनुभयो । कार्यक्रमा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री,  भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटा, कृषि वन विज्ञान संस्थानका डिन जय  प्रकाश दत्त, प्रध्यापक डा. आई पी कडेरिया,  सांसाद जलपा भुषाल,  नेपाली काग्रेसका नेता बासुदेव रिमाल, नेकपाका नेता ऋषिराम सापकोटा, कालिका स्वबलम्वन समुहकी अध्यक्ष लक्ष्मी विश्वकर्मा,  देवदह वडा नम्बर ९ का अध्यक्ष केशव राज भट्टराई लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७५ मंगलबार ००:००  २ : २५ बजे