१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

जम्मू कश्मीरमा इन्टरनेट सेवा बन्द



एजेन्सी ।
भारतको जम्मू(कश्मीरमा चरमपन्थीले गरेको आक्रमणमा कम्तिमा ३४ जना सुरक्षाकर्मीको ज्यान जानेगरी आक्रमको एक दिनपछि पाकिस्तानले सीमाना उल्लंघन (एलओसी) गरेको खबरपछि जम्मू(कश्मीरमा इन्टरनेट सवा बन्द गरिएको छ ।
पुलवामा सुरक्षाकर्मीमाथि आत्मघाती सन् २०१६मा उरी क्षेत्रमा भएको आक्रमभन्दा पनि ठूलो घटना भएको भारतीय सुरक्षा विज्ञहरुले बताएका छन्। त्यतिबेला १९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो भने अहिले ३७ जना सुरक्षाकर्मीले बलिदानी दिएका छन् भने ४० भन्द बढी सुरक्षाकर्मी घाइते भएका छन् ।
विहीबार सिआरपिएफको बस श्रीनगर जम्मू राजमार्गमा गुडिरहेका बेला चरमपन्थीले बसलाई निशाना बनाएर आक्रमण गरेका गरेका थिए। ३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण मानिएको क्षेत्रमा सेनाले पूरै क्षेत्रमा आक्रमणकारीको खोजी गरिरहेको छ ।
प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीसहितले आक्रमणको निन्दा गरेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  १० : ०८ बजे