१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सकियो दोस्रो बुद्धभूमि मेयर कप, कुन विद्यालयका विद्यार्थी उत्कृष्ट भए ? (हेर्नुहोस विवरण)



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न दोस्रो बुद्धभूमि मेयर कपमा सबै भन्दा बढी उपाधि सिद्धार्थ स्मारक भेलाईले जितेको छ । भेलाईले ५ स्र्वपदक, ९ रजत पदक र ३ कास्य पदक हात पार्न सफल भएको छ । यो नतिजाले भेलाईलाई अरु विद्यालय भन्दा बढी उपाधि जित्ने विद्यालयमा पारेको छ । तर, विद्यालयबाट विद्यार्थी प्रतियोगीका रुपमा रहेको कारण सिद्धार्थ स्मारक भेलाई छात्र तर्फ नगर प्रथम भएको छ । छात्र र छात्रा सम्मिलित खेल भएको कारण भेलाईले छात्र तर्फ अरु प्रतियोगी विद्यालयलाई पछाडि पार्दै पहिलो भएको हो ।
प्रतियोगीतामा विद्यालय तर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रनगाई दोस्रो हुनु सफल भएको छ । रनगाईले ९ स्वर्ण पदक, १ रजत पदक र ५ कास्य पदक जित्न सफल भएको छ । तर, छात्रा विद्यार्थी तर्फ रनगाई पहिलो स्थानमा आउन सफल भएको छ ।
प्रतियोगीतामा नगरभित्रका सबै विद्यालय सहभागी भएपनि १३ विद्यालयले मात्र उपाधि पाउन सफल भएका छन । झण्डै दुई दर्जन विद्यालय उपाधि विहिन भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । विकास निर्माणमा जिल्लाका अरु नगरपालिका भन्दा अगाडी रहेको बुद्धभूमि शिक्षा तर्फ पनि उत्कृष्ट अन्तर्रगत पर्दछ ।
आफ्नो कार्यकाल भित्र नगरपालिकालाई जिल्लामै उत्कृष्ट नगर बनाउने अभियानमा नगर प्रमुख केशव कुमार श्रेष्ठ लाग्नुभएको छ । यस भन्दा अगाडी पनि नगर भित्र विभिन्न शैक्षिक क्रियाकलाप हुँदै आएका छन । जसले विद्यार्थी र शिक्षकलाई प्रोत्साहन मिलेको छ भने नगरले गरेको शिक्षाको लगानी बारे चारैतिर चर्चा परिचर्चा हुँदै आएको छ ।
दोस्रो बुद्धभूमि मेयर कपमा उपाधि जित्न सफल विद्यार्थीलाई विभिन्न पुरस्कारले सम्मान गरिएको नगर प्रमुख श्रेष्ठले मायादेवी अनलाइनलाई बताउनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  २ : ३० बजे