१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

पर्खाल विवादले अमेरिकामा आपतकाल



एजेन्सी ।

मेक्सिकोसँगको सीमा पर्खाल विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरेका छन्। पर्खालका लागि संसद्ले बजेट विनियोजन नगरेको झोँकमा ट्रम्पले संकटकाल घोषणा गरेका हुन्। तर उनको यो निर्णयलाई विपक्षी डेमोक्र्याटसहरुले शक्तिको दुरुपयोगका रुपमा व्याख्या गरेका छन्। वरिष्ठ डेमोक्र्याट नेताहरूले ट्रम्पको यो कदमविरुद्ध अदालत जाने चेतावनीसमेत दिएका छन्।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले मेक्सिकोसँगको खुल्ला सीमाबाट लागुऔषध तस्करहरु भित्रिइरहेको बताएका थिए। जसका कारण मानव तस्करी र अपराधको खतराको बादल मडारिएको भन्दै उनले त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन जरुरी रहेको बताएका थिए।

राष्ट्रिय संकटकाल घोषणा गर्नुलाई उनले आफ्नो महान् काम भएको समेत बताएका छन्। अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने उनको दाबी छ।

ट्रम्पले कंग्रेस समक्ष ५।७ बिलियन डलर पर्खाल लगाउनका लागि माग गरेका थिए। डिसेम्बरमा संसदले त्यसलाई अस्वीकार गरिदियो। त्यसपछि ट्रम्पले अरु विषयमा बजेट निकासा गर्न हस्ताक्षर अस्विकार गरेका थिए। परिणामतस् डिसेम्बर २२ बाट अमेरिकामा ुसटडाउनु सुरु भयो। जसका कारण करिब ८ लाख कर्मचारीहरुले तलब पाएका छैनन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ६ : १४ बजे