१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

आज साझबाट मौसम खुल्ने सम्भावना, यस्तो छ पश्चिमी वायुको चक्र



काठमाडौं ।
बिहीबारदेखि बिग्रिएको मौसम आज शनिबार बाट सुध्रिँदै गएको छ। बेलुकादेखि पूर्ण रूपमा मौसम खुल्ने मौसमविद्को अनुमान छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार विस्तारै मौमस सुध्रँदै गएको छ। बेलुकासम्ममा मौसम सफा हुने सम्भावना देखिएको उनले बताए।
आज सुदूरपश्चिममा पूर्ण रूपमा मौसम बदली भएको छ भने काठमाडौंसहित मध्य र पूर्वी भागमा मौसम खुलेको छ। यद्यपि काठमाडौं र पूर्वका केही स्थानमा पनि दिउँसो छिटफुट पानी पर्न सक्ने सम्भावना छ।
मौसमविद श्रेष्ठका अनुसार बेलुकाबाट केही दिन मौसम खुले पनि १८ तारिखमा पुनः पश्चिमी वायुको प्रवेश हुनेछ। यसले फेरि केही दिन मौसम बदली गर्नेछ।
उनका अनुसार यसरी पश्चिमी वायुको एउटा प्रणाली बिदा हुने र अर्को भित्रिने क्रम चलिरहन्छ।
पश्चिमबाट प्रवेश हुने पश्चिमी वायु सर्दैसर्दै पूर्व पुग्छ र बाहिरिन्छ। अनि पुनः पश्चिमबाट अर्को प्रणाली भित्रिन्छ। यो क्रम फेब्रुअरीभरि चल्ने मौसमविद् श्रेष्ठले बताए। मार्चदेखि भने प्रि(मनसुन सुरु हुने उनले जानकारी दिए।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ६ : २४ बजे