२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

वर्षाले मैदान हिलो बनेपछि विराटनगर र धनगढीले अंक बाँडे



काठमाडौं ।
धनगढी प्रिमियर लिगको जारी संस्करणको नवौं खेल वर्षाका कारण रद्ध गरिएको छ । शनिबार विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबिच खेल हुने तय भए पनि मैदान हिलो भएपछि दुबै टिमले १–१ अंक बाँडे। शुक्रबार परेको पानीका कारण मैदान पुर्णरुपमा खेल्न अयोग्य बन्दा दुबै टिम अंक बाँडन बाभ्य भए।
अंक बाडेंसँगै काठमाडौंले तीन खेलबाट ५ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ। मैदानमा अहिले पनि पानी सुकाउने कार्य भइरहेको छ। यद्धपि शनिबारको दोस्रो खेल समेत अन्योलमा परेको छ। पुन पानी नपरे घाम लागेको अवस्थामा महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सबीचको खेल ओभर छोटाएर खेलाउने तयारी गरिएपनि खेल हुने संभावना मुस्कील छ। यी दुई टिमबिचको पनि खेल रद्ध भए धनगढी प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्नेछ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ९ : ३३ बजे