८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

’लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा राख्न लोक तथा दोहरीगीत प्रतिष्ठानको आग्रह



काठमाडौँ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायक पशुपति शर्माको ’लुट्न सके लुट’ गीतलाई जस्ताको तस्तै युट्युबमा अपलोड गर्न आग्रह गरेको छ । गीतको विषयलाई लिएर विवाद बढेपछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्न वा हटाउने सम्बन्धमा काहि कतैबाट आधिकारिक निवेदन,अनुरोध वा जानकारी संस्थामा नआएको, र गीत हटाउने विषयलाई लिएर संस्थामा कोही पनि औपचारिक प्रस्ताव दर्ता नगराएको स्पष्ट पारेको छ।
अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले भनेको छ,’ पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनु भएको हो भने गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ। ’

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १ : २४ बजे