८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

श्री स्वस्थानी ब्रत कथाको आज विधिवत समापन गरिदै



काठमाडौं ।
पौष शुक्ल पूर्णीमाका दिनबाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागि विसर्जन गरिन्छ । स्वस्थानी कथाका अध्यायहरुले मानिसलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुःख, दक्ष प्रजापतीको घमण्ड, दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरै कुराहरुले ज्ञान अनि प्रेरणा दिन्छ भन्ने मान्यताले सुरु गरिएको कथालाई आज विशेष पुजा आजा गरि नजिकको नदी तलाउमा लगी फुलपाती
यस विशेष एक महिनाको महत्वपूर्ण पाटो भनेको, परिवारका सम्पूर्ण सदस्य भेला भई गरिने कथावाचन अनि श्रवणका कारणले परिवारमा पनि सद्भाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक सम्बन्धलाई मजबुत पार्दछ ।
फेरि समापनका अवसरमा सामुदायिक भेला रहने भएकाले सामाजिक सद्भाव अनि एकतामा पनि यसले महत्वपूर्ण भूमिका निभाउछ भन्ने विश्वास छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  १२ : ४३ बजे