४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

क्यासिनोमा अभद्र व्यवहार गर्ने तीनजना पक्राउ



ललितपुर ।
झम्सीखेलको एक होटलबाट प्रहरीले ४४ लाखसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लाक्पा शेर्पा, युवराज गुरुङ र सुमन भण्डारी रहेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो ।
उक्त रुपैयाँ उनीहरूले क्यासिनोमा जितेको बताएका छन्। उनीहरूको साथबाट ४८ लाखको अर्को चेकसमेत बरामद भएको धानुकले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको छ । झम्सीखेलको भिभान्ता होटलमा उनीहरूले अभद्र व्यवहार गरेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५ मंगलबार ००:००  ८ : ३२ बजे