१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

शिक्षा मन्त्रालयले भन्योः वार्षिक परीक्षा आउँदैछ, स्कुल बन्द गर्न नदिनू



काठमाडौं ।
सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ ।राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय सरकारलाई निर्वाध रुपमा पठनपाठनको वातावरण मिलाउन पनि आग्रह गरेको छ ।

दुई दिनदेखि राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरु आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै काठमाण्डौमा प्रर्दशनमा उत्रिएका छन् ।

आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डौको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोड्न लागेपछि हस्तक्षेप गरेको थियो ।

शिक्षा मन्त्रालयले भने व्यापर सहभागिता, छलफल र सबैको सुझावलार्ए समेटी शिक्षा विधेयक तर्जुमाको चरणमा रहेको जनाएको छ । ऐन निर्माण प्रारम्भिक चरणमै रहेकाले पनि मन्त्रलायले सम्बन्धित पक्षलाई आन्दोलनका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  २ : ४५ बजे