२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

तुलसीपुर उपमहानगरमा जनप्रतिनिधिबीच विवाद, कार्यपालिका बैठक बहिस्कार



दाङ ।
तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधिबीच विवाद देखिएको छ । कांग्रेसबाट निर्वाचित नगरका वडा अध्यक्षहरूले कार्यपालिका बैठकसमेत बहिस्कार गरेका छन् ।नगरका १९ वडाध्यक्षमध्ये १० जनाले कार्यपालिका बैठकमा नगरप्रमुख घनश्याम पाण्डेले आफूहरूलाई बेवास्ता गरी आफू अनुकूलका निर्णय गरेपछि कार्यपालिका बैठक बहिस्कार गरिएको उनीहरुले बताएका छन् ।

तुलसीपुरमा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूले यस्तो जानकारी गराएका हुन् । ५३ वटा कार्यपालिका बैठक बस्दासम्म नगरको हितमा हुने निर्णयमा सहयोग गर्दे आएको तर विषयगत सभापतिहरूसँग समन्वय नै नगरी विभिन्न कार्यविधिहरू पेश हुन थालेपछि विरोधमा उत्रिएको तुलसीपुर २ का अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर जबरजस्ती पास गराउन खोजेको आरोप उनीहरूले लगाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका २ का अध्यक्ष राजु आचार्य, ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, ८ का अध्यक्ष बेदबहादुर केसी, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष परशुनारायण चौधरी, १७ का अध्यक्ष थलराज पुरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी कार्यपालिका बहिस्कार गरेको जनाएको हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ४ : ०५ बजे