२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

कपिलवस्तुका ७८ जना विद्यार्थी परिक्षा दिनबाट बन्चित



मायादेवी अनलाइन, वाणगंगा ।
आगामी चैत्र १० गतेबाट हुने यसवर्षको एसइइ परीक्षा दिनबाट कपिलवस्तुमा ७८ जना विद्यार्थी बन्चित हुने भएका छन् । २९ बटा परीक्षा केन्द्र रहेको कपिलवस्तुमा सामुदायिक, संस्थागत र खुल्ला गरी १ सय २२ बटा विद्यालयका कुल ७ हजार १ सय १५ मध्ये ७८ जना बन्चित हुने भएका छन् । कतिपय विद्यालयले घरमै पुगेर विद्यार्थीलाई विद्यालय पठाउन अभिभावकलाई आग्रह गरेपनि सुनुवाई नभएको गौतम बुद्ध मावि गोरुसिंगेका प्रधानध्यापक राम प्रसाद अर्यालको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय तौलिहवाका प्रमुख बाबराम भट्राईका अनुसार नियमित ७५ प्रतिशत विद्यालय हाजिर नभएका, बसाइसराई गरेर अन्यत्र गएका, बैदेशीक रोजगारमा गएका, कतिपय विवाह भएर अन्यत्र गएका ७८ जना विद्यार्थि आगामी चैत्र १० गतेबाट हुने यसवर्षको एसईई परिक्षा दिनबाट बन्चित हुने भएका छन् ।
शिक्षा नियमावली अनुसार बिद्यार्थीहरु बिद्यालयमा ७५ प्रतिशत हाजिर हुनु पर्ने प्रावधान छ भने परीक्षाका लागि समयमै ५ सय रुपैया बुझाउनु पर्दछ । शिक्षा बिभागले विगत केही बर्षदेखी सेन्टप परीक्षा खारेज गर्दै बिद्यालयमा ७५ प्रतिशत हाजिर हुने बिद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको थियो ।
तर त्यसको विपरित कतिपय विद्यालयले अयोग्य विद्यार्थि एसईई परिक्षामा पठाउँदा आपनो नतिजा राम्रो नआउने भएकाले विभिन्न बहानामा भर्ना भएर पनि परीक्षामा सामेल नगराएको आरोप पनि लाग्ने गरेको छ । जसका लागी सम्पुर्ण तयारी पुरा भैसकेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  १ : ३८ बजे