२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

रंगभेद उन्मुलन दिवसमा पञ्चेबाज सहित नगर परिक्रमा



मायादेवी अनलाइन, चन्द्रौटा ।
५४ औ अन्र्तराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवसको अबसरमा पञ्चेबाजा सहित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सहज नेपाल तथा दलित मानव अधिकार निगरानि समितिको आयोजनामा चन्द्रौटामा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको हो । त्यस क्षेत्रका बिभिन्न संघ सस्थाहरुको सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिबराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सम्पुर्ण जातजातीहरु भाषाभाषिकहरुले अब बिभेदको भावना मनमा राख्न नहुने बताउनुभयो । पहिलाको तुलनामा धेरै कम भएकोले पनि सोचमा परिर्वतन भएमा छुवाछुत तथा अन्य भेदभाव अन्त्य हुने बताउनुभयो । छुवाछुत तथा कुनै पनि प्रकारको बिभेद गर्नु अपराध भएकोले त्यस्ता अपराधको बिरुद्ध सबैले हातमा हात मिलाएर लड्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि पुर्व सांसद बिनोद पहारीले भिगतमा रहेको असमानता धेरै कम भएको बताउदै निर्मुल गर्न शिबराजबासीबाट परिर्वतनको सुरुवात गर्न अनुरोध गर्नुभयो । बिभिन्न संघ सस्था तथा बिभिन्न नागरिकको नाचं गान सहितको ¥यालीले समेत सबै नागरिकले बिभेदको अन्त्य चाहेको सन्देश प्रबाह गरेको बताउनुभयो ।


कार्यक्रममा शिबराज नगरपालिकामा निर्वाचित दलित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो भने समाजमा निरन्तर दलित हक अधिकारको निम्ती लागिरहने दलित अगुवा बेगम गन्र्धव, निशा बिश्वकर्मा, सिवी गहतराज, मिना परियारलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७५ मंगलबार ००:००  ४ : ११ बजे