५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पानामाले रोक्यो ब्राजिललाई, १–१ को बराबरी



एजेन्सी,

पाँच पटकको विश्व विजेता ब्राजिल बरियतामा उ भन्दा निकै तल रहेको पानामासँग बराबरीमा रोकिएको । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शनिबार राति भएको खेलमा ब्राजिल पानामासँग १–१ को बराबरीमा रोकिएको हो ।

फिफा बरियतामा ७६ औँ स्थानमा रहेको पानामाले तेस्रो बरियतामा रहेको ब्राजिललाई रोक्न सफल भएको हो ।

ब्राजिलका लागि ३२ औँ मिनेटमा तोलेन्तिनो कोएल्हो डी लिमा (लुकास पाक्वेता) ले गोल गर्दै सुरुवाति अग्रता दिलाए । तर त्यसको चार मिनेटपछि नै पानामाका लागि अडोल्फो माचाडोले बराबरी गोल गरे ।

ब्राजिलको टिममा एडर्सन, रोबर्टो फिरमिनो, रिचार्लिसन, कासेमिरो, फिलिप कोन्टिन्हो, गाब्रिएल जिसस, फिलिपे एन्डर्सनसहितका खेलाडी थिए । नेइमार भने चोटका कारण मैदान बाहिर छन् ।

खेल अवधिभर अधिंकास समय बलमा नियन्त्रण भएर पनि ब्राजिलले थप गोल गर्न सकेन । यस्तै अरु खेलमा पेरुले पाराग्वे तथा ग्वाटेमालाले कोस्टारिकालाई समान १–० तथा मेक्सिकोले चिलेलाई ३–१ ले हरायो ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १ : १३ बजे