५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चेन्नईको अगाडी बैङलोरको केही लागेन, कोहलीसहित ९ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्



एजेन्सी ।

साबिक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।१२ औँ संस्करणको आइपिएल शनिबार राति भएको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको टिम चेन्नईले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले पराजित गरेको हो । चेन्नईले टस जितेर बलिङ्ग रोजेपछि पहिलो ब्याटिङ्ग गरेको विराट कोहलीको टिम बैंग्लोरले १७ ओभर एक बलमा सबै विकेट गुमाएर मात्रै ७० रन बनायो ।

उसका लागि पार्थिव पटेलले २९ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कोहली १२ बलमा ६ रन बनाउँदा आउट भए । चेन्नईका हरभजन सिंह र इमरान ताहिरले समान तीन–तीन विकेट लिए ।

जवाफी ब्याटिङ्ग गरेको चेन्नईले १७ ओभर चार बलमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि अम्बाती रायडूले २८ तथा सुरेश रैनाले १९ रन बनाए । रैनाले आइपिएलमा पाँच हजार रन पूरा गरे ।

प्रकाशित मिति : १० चैत्र २०७५ आइतबार ००:००  १ : २१ बजे