१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तामाकोशी जलविद्युत् समयमै सक्न मन्त्री पुनको निर्देशन



काठमाडौँ ।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिएका छन् ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगर स्थित आयोजना निर्माणको स्थलगत अध्ययन पछि सरोकारित पक्षसंगको अन्र्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसददेखि सर्वसाधरण र शेयरहोल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उनले सरोकारवालाहरुलाई सचेत गराए ।
आयोजना निर्माणको क्रममा देखिने साना तिना समस्या समाधानका लागि निर्माण कार्यसंग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उनले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७५ सोमबार ००:००  ९ : ३३ बजे