१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विप्लवका नेता पक्राउ पर्ने क्रम जारी, जिल्ला इञ्चार्जसहितका नेता फेरी पक्राउ



नवलपरासी ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गंगा ज्ञवाली (सुमन) लाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नवलपरासी पश्चिम बर्दघाट –४, बाढी पीडित बस्तीमा उनको घरबाटै सोमबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ ।
यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट विप्लवका नवलपरासी जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ ।
विप्लवका जिल्ला सदस्य कावासोती नगरपालिका १५, शेरगंज बस्ने ४७ वर्षीय धनबहादुर मर्द्नियालाई उनकै घरबाट पक्राउ गरेको नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मर्द्नियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : १७ बजे