१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उर्जामन्त्री पुन र बङगलादेशी राजदूतबीच भेटवार्ता



काठमाडौँ ।
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमती र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गरे ।
भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिइन् । उनले उर्जा क्षेत्रमा लगानीका लागी बङगलादेश सरकार ईच्छुक रहेको बताइन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ७ : २४ बजे