७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शितगंगामा नगर स्तरीय प्रध्यानाध्यापकको भेला, यस्ता भए निर्णय ?



गणेश बेल्बासे संगम, अर्घाखाँची ।

अर्घाखाँचीको शितगगां नगरपालिकामा आज नगरस्तरीय प्रधानाध्यापकको भेला ठाडामा सम्पन्न भएको छ । भेलामा नगर क्षेत्र भित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०७५ मा भए गरेका शैक्षिक गतिविधिहरुको समीक्षा तथा आगामी शैक्षिक सत्र २०७६ मा विद्यालयको प्रभावकारी संचालन व्यवस्थापन, आगामी सुधार कार्ययोजना तय, नतीजा प्रकाशन, सिकाई उपलब्धी विश्लेषण तथा लक्ष्य निर्धारण लगायतका विषयमा छलफल भएको छ ।

यस्तै नयाँ शैक्षिक सस्त्रको विद्यार्थी भर्ना अभियान संचालन, अगुवा विद्यालयमार्फत विद्यालयहरुको अनुगमन निरिक्षण एवं समन्वय एवं वालमैत्री शिक्षण सिकाई संचालनका विषयमा पनि भेलामा छलफल भएको छ ।

भेलामा शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी, नगर उपप्रमुख टिका बहादुर रेश्मी, प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नेत्र प्रसाद पोख्रेल, नेपाल शिक्षक संघका कृष्ण प्रसाद पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।

भेला शितगंगा नगर शिक्षा शाखा अधिकृत माधव बन्जाडेको अध्यक्षता र निवर्तमान स्रोत व्यक्ति गिरी बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ३ : २३ बजे