१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

चेन्नईको दोस्रो जित, दिल्ली ६ विकेटले पराजित



एजेन्सी ।
चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । चेन्नईले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।
दिल्लीमा मंगलबार राति भएको खेलमा चेन्नाईलाई दिल्लीले १४८ रनको लक्ष्य दिएको थियो । चेन्नईले दिल्लीको लक्ष्य दुई बल बाँकी रहँदा पूरा चार विकेट गुमाएर पूरा र्गयो ।

चेन्नईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ बनाएका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान दिए । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । पहिलो विकेटका लागि धवन र साका बीचमा ३६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । चेन्नईका डुवान ब्राभोले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ३ : २७ बजे