१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मैत्रीपूर्ण फुटबलमा ब्राजिलले चेक रिपब्लिकलाई जित्यो



एजेन्सी ।

मैत्रीपूर्ण फुटबलमा ब्राजिल विजयी भएको छ । मंगलबार राति ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमै रिपब्लिकले सुरुवाती अग्रता लिए पनि जोगाउन भने असफल भयो । रिपब्लिकका लागि डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । जसमा रोबर्टो फिरमिनोले एक तथा ग्याब्रियल जेससले २ गोल गरेका थिए ।

४९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर अन्तिम ७ मिनेट सम्हालिन नसक्दा चेक रिपब्लिक ब्राजिलसँग हार्न पुग्यो । जेससले ८३ औं र ९० औं मिनेटमा लगातार दुई गोल गरेपछि ब्राजिल अन्ततः ३–१ गोल अन्तरले विजयी भयो ।

मंगलबार रातिको अन्य मैत्रीपूर्ण फुटबलमा जापान, कोरिया, नाइजेरिया, सेनेगल, अर्जेन्टिना लगाएतका देशहरु  पनि विजयी भएका छन् ।

unn.prixa.net

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ३ : ४४ बजे