१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रयाप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सभामुखद्धारा सरकारलाई सुझाव



काठमाडौं ।
सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन। सभामुख महराले सूचनाको हकसम्बन्धि कानुन परिमार्जन गर्न पनि सरकारसँग आग्रह गरेका छन। उनले सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै सभामुख महराले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार र सम्बन्धित निकायलाई सचेत गराएका थिए। सभामुख महराले संस्थाहरू पारदर्शी नहुँदासम्म सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनको कामलाई विशेष ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकारका सबै निकायलाई पटक–पटक सचेत गराइएको जानकारी दिए। उनले सूचना आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोगलगायतका संवैधानिक निकायमा समेत सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको जानकारी दिए। राष्ट्रिय सूचना आयोगले विगत ४ वर्षयता सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयन गराउन ५ हजार ७३ वटा आदेश समेत जारी गरिएको पनि जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ९ : १९ बजे