१६ जेष्ठ २०८०, मंगलबार | Tue May 30 2023

मान्छे ३० वर्षसम्म बच्चै हुने अनुसन्धानकर्ताको दाबी



एजेन्सी ।
प्राय बाबुआमाले आफ्ना छोराछोरी १५ वर्षभन्दा माथि भएपछि सन्तान हुर्किएको अनुभव गर्ने गर्छन्। हाम्रो जस्तो समाजमा त अझ २० वर्ष कटेपछि छोराछोरी परिपक्क भइसकेको भन्दै अभिभावकले सन्तानको विवाहसमेत गरिदिने चलन छ। तर, एक अध्ययनले मानिस ३० वर्षको उमेरसम्मै बच्चै रहने देखाएको छ।

भर्खरै बेलायतको अक्सफोर्डको चिकित्सा विज्ञान एकेडेमीद्वारा आयोजित स्नायु विज्ञान सम्मेलमा सहभागी चिकित्सा क्षेत्रका वैज्ञानीकहरूले ३० वर्षको उमेरसम्म मानिसहरूको मस्तिष्क बच्चाको जस्तै हुने बताएका हुन्।

सम्मेलनमा सहभागी भएका मध्ये क्याम्ब्रिज युनिभर्सिटीका प्रोफेसर पिटर जोनसले प्रत्येक व्यक्ति छुट्टाछुट्टै उमेरमा वयश्क हुने बताएका छन्।

सम्मेलनमा सहभागी अधिकाशं वैज्ञानिकहरूले धेरै देशमा १८ वर्षमाथिका मानिसहरूलाई वयस्क भनेर घोषणा गर्ने भए पनि मस्तिष्कसम्बन्धी अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले तीसको उमेरमा प्रवेश नग?न्जेल मानिस पूर्णरूपमा वयश्क हुने बताएका हुन्।

१८ वर्षभन्दा माथिका मानिसको पनि मस्तिष्कमा विभिन्न परिवर्तनहरू आइरहने र यसले मानिसहरूले गर्ने क्रियाकलापमा परिवर्तन आउने हुँदा मानिसहरूको मस्तिष्क बच्चाको जस्तै हुने बताएका हुन्।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  २ : ३३ बजे