१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

हर्नान्डेज कीर्तिमानी मूल्यमा अनुबन्धित



एजेन्सी ।
जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिखले क्लबको कीर्तिमानी मूल्यमा एथ्लेटिको मड्रिडका डिफेन्डर लुकास हर्नान्डेजलाई अनुबन्धित गरेको छ ।
बार्यनले विश्वकप विजेता फ्रान्सका हर्नान्डेजलाई पाँच वर्षको सम्झौतामा ८० मिलियन युरोमा अनुबन्धित गरेको हो । २३ वर्षका हर्नान्डेजले आउँदो जुलाई १ देखि बार्यन म्युनिख जोइन गर्ने छन्।
मेडिकलको क्रममा बार्यनका डाक्टरले उनको दायाँ घुँडाको लिगामेन्टमा समस्या रहेको थाहा पाएका थिए । त्यसपछि बुधबार उनको शल्यक्रिया पनि भएको छ ।
हर्नान्डेजले बार्यनमा अनुबन्धित हुनु आफ्नो फुटबल जीवनमा महत्वपूर्ण रहेको बताएका छन् । सेन्टर ब्याक र लेफ्ट ब्याकको रुपमा खेल्ने हर्नान्डेजले एथ्लेटिको मड्रिडबाट ला लिगामा ६७ खेल खेलेका छन् ।
उनले यो क्लबबाट युरोपा लिग र सुपर कपको उपाधि जितेका छन् । राष्ट्रिय टिमबाट १५ खेलमा सहभागिता जनाएका छतन् । उनले रुस विश्वकपमा फ्रान्सका सबै खेलमा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  ३ : ३१ बजे