१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश २ मा एसईईको सामाजिक विषयको प्रश्नपत्र आउट, परीक्षा स्थगित



धनुषा ।
परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।
शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो ।
एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  २ : ४३ बजे